दक्षिण कोरियामा ४१ हजार बढीमा कोरोना पुष्टि, ५९ जनाको मृत्यु



सोल । दक्षिण कोरियामा २४ घण्टाको समयावधिमा अर्थात् मङ्गलबार मध्यरातिसम्ममा ४१ हजार दुईसय ८६ कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।

यसैसँगै कोरोनाका कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ४५ लाख दुई हजार नौ सय ६८ जना पुगेको स्वास्थ्य अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा तीन जनाले घटेर ४९४ पुगेको छ ।

सङ्क्रमणको कारण ५९ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसैसँगै मृतकको सङ्ख्या २७ हजार नौ सय ५० पुगेको छ । कुल मृत्यु दर ०.११ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २०७९ असोज ५ गते बुधवार