राष्ट्रपतिको कदमबारे छलफल गर्न प्रधानमन्त्रीले कानुनविद्लाई बालुवाटार बोलाए
नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे प्रधानमन्त्री शेरबहाखुर देउवाले कानुनविद्हरुसँग परामर्श गर्ने भएका छन् ।
त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे ३ बजे कानुनविद्हरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार १५/२० जना कानुनविद्हरुकाे प्रधानमन्त्री देउवाले छलफल गरी सुझाव लिनेछन् ।यसअघि सत्तारुढ गठबन्धनमा रहेका चार राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरिसकेको छ ।
प्रकाशित मिति : २०७९ असोज ५ गते बुधवार





