काठमान्डौं । लाइसेन्स नभएका शिक्षकलाई अवकाश दिने तयारी भएको छ । बैतडी जिल्लाको सुर्नया गाउँपालिकाले अध्यापन अनुमतिपत्र (लाइसेन्स ) नभएका शिक्षकहरुलाई अवकाश दिने तयारी गरेको छ ।
गाउँपालिकाले सूचनामार्फत असोज १ गतेदेखि लाइसेन्स नभएका शिक्षकहरूलाई अवकाश दिने बताएको छ ।
गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिएको बारेमा ३ दिनभित्र पालिकालाई जानकारी गराउन समेत सूचनामार्फत निर्देशन दिएको छ ।
गाउँकार्यपालिकाको बैठकले लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिने निर्णय गरेको गरेसँगै निर्णयको आधारमा विद्यालय व्यवस्थापन समितिहरुले लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिनुपर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसिंह महराले जानकारी दिएका छन ।
तलबभत्ता खाने शिक्षक, कर्मचारी र विद्यार्थीको तथ्यांक पठाउन केन्द्रको निर्देशन : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक, कर्मचारी र विद्यार्थीको तथ्यांक पठाउन निर्देशन दिएको छ ।
केन्द्रको समावेशी शिक्षा शाखाले विशेष शिक्षा परिषद्बाट तलबभत्ता खाने शिक्षक, कर्मचारी र विद्यार्थीको तथ्यांक पठाउने निर्देशन दिएको हो ।
कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीको यथार्थ विवरण पठाउन स्थानीय तहबाट प्रमाणित गराई असोज ४ गतेभित्र समावेशी शिक्षा शाखामा अनिवार्य रूपमा केन्द्रमा आइपुग्ने गरी पठाउन सुचनामार्फत दिनेशन दिएको छ ।





