कोठामै आइ बलात्कार गरि टाप कसेको भनि २५ वर्षीया महिलाद्वारा उजुरी, ५० वर्षका पुरुष पक्राउ
काठमाडौंको कागेश्वरी मनोहरामा युवतीको कोठामै पुगेर बलात्कार गर्ने युवक पक्राउ परेका छन् ।प्रहरीमा आएको उजुरीका अनुसार ५० वर्षीय ललित श्रेष्ठले २५ वर्षीया महिलालाई उनकै कोठामा पुगेर जबरजस्ती करणी गरेका थिए ।
ती महिला काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारी बस्दै आएकी थिइन् ।घटनापछि आइतबार ती पीडित महिलाले आफ्नो डेरामा आई जबरजस्ती करणी गरी फरार फरार रहेको भनि प्रहरीमा जाहेरी दिएकी थिइन् ।
त्यसपछि बुधबार प्रहरीले श्रेष्ठलाई काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट पक्राउ गरेको हो। घटनाको सम्बन्धमा थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ भाद्र ३० गते बिहिवार





