बालाजु क्षेत्रमा पनि चल्यो महानगरको डोजर
काठमाडौं महानगरपालिकाले बालाजु क्षेत्रमा डोजर चलाएको छ । सरकारी जग्गामा बनाइएका अवैध संरचनामा महानगरले डोजर चलाएको हो ।महानगरको अल्टिमेटम अटेर गर्ने व्यापारीहरूले बनाएका अवैध संरचनामा डोजर चलाइएको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
उनकाअनुसार अवैध टहरा, आगन, पाली, बार्दली भत्काइएको हो ।महानगरले यसअघि आजै सोह्रखुट्टे क्षेत्रमा पनि डोजर चलाएको थियो ।
प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकाले संशोधन गर्न नहुने धारणा राखेको छ । निर्वाचन आयोगको बुधबारको छलफलमा सत्तारूढ दलले प्रधानमन्त्री र मन्त्रीहरू आफू उमेदवार भएको क्षेत्रबाहेक अन्यत्र चुनाव प्रचारप्रचारमा जान नपाउने आचारसंहितामा संशोधन गर्न माग राखेका थिए ।
एमालेले भने सो विषय सही भएपनि संशोधन गर्न नहुने धारणा राखेको हो । प्रधानमन्त्री, मन्त्रीले अन्यत्र चुनाव प्रचार प्रचारसमा जान पाउनुपर्ने विषयमा हाम्रो आपत्ति छैन । निर्वाचन कार्यक्रम नै प्रकाशित भएर आचारसंहिता पनि राजपत्रमा प्रकाशित भइसकेको छ,” एमाले निर्वाचन विभागका सचिव केदार कोइरालाले भने, “यो अवस्थामा संशोधन गर्ने भनेको सत्तारूढ दलको प्रभावमा हुन्छ । संशोधन गर्न हुँदैन भन्ने हामीले भन्यौँ ।”
निर्वाचन प्रचारमा जान रोक्नु मान्यताविपरीत भएपनि निर्वाचनको निष्पक्षतामा प्रभाव पार्ने भएकाले अब आचारसंहिता संशोधन गर्न नहुने उनको भनाइ छ । स्थानीय निर्वाचनको आचारसंहितामा भने सोही विषयमा सत्ता पक्षले सुटुक्क हस्ताक्षर गरेको उनको आरोप छ ।
भदौ २७ गते संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री र मन्त्रीले चुनाव प्रचारमा जान नपाउने विषय संसदीय प्रणालीको मूल्य र मान्यताको विपरीत भन्दै आपत्ति जनाएका थिए ।
“हामी मन्त्री र प्रधानमन्त्रीलाई यसमा राख्न हुँदैन भन्नेमा थियौँ । हाम्रो सुझावका बाबजुद राखिएको छ,” उनले भनेका थिए, “योसंसदीय प्रणालीको मूल्य र मान्यताविपरीत हो भन्ने हाम्रो पार्टीको बुझाइ हो ।”
आफूहरूले विरोध गरेपनि सत्तापक्षले केही नबोल्दा आचारसंहितामा यो व्यवस्था परेको उनको दाबी थियो ।समिति बैठकमा विरोध गरेको एमालेले आयोगमा भने आचारसंहिताको समर्थन नै गरेको छ । सत्तारूढ दलले भने आचारसंहिता संशोधन गर्न दबाब दिएका छन् ।





