काठमाडौं बाहिरका विमानस्थलमा इन्धन नपाएपछि महानिर्देशक गुहार्दै वायुसेवा कम्पनी



काठमाडौं बाहिरका विमानस्थलमा इन्धन नपाएपछि महानिर्देशक गुहार्दै वायुसेवा कम्पनी

वायुसेवा कम्पनीले उपत्यका बाहिरका विमानस्थलमा इन्धन भर्न नपाएपछि अवस्था सहजीकरण गरिदिन नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग माग गरेका छन् ।

नेपाल आयल निगम ढुवानीकर्ताहरुको आन्दोलनका कारण काठमाडौं भन्दा बाहिरका विमानस्थलमा वायुसेवा कम्पनीले हवाई इन्धन भर्न पाएका छैनन् ।
यसले उडानहरुमा असर परेको वायुसेवा सञ्चालक संघका अध्यक्ष क्या. रामेश्वर थापाले महानिर्देशकलाई लेखेको पत्रमा उल्लेख छ ।

नेपालीको चाडवाड नजिकिएको सन्दर्भमा सुलभ हवाई यातायातको अपेक्षा रहने भन्दै थापाले हवाई इन्धन भर्न नपाउँदा उडान सञ्चालनमै असर पर्ने उनले जनाएका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार