अन्डरग्राउन्डको व्यापार हटाउन भाटभटेनीलाई महानगरको २४ घण्टे अल्टिमेटम
काठमाडौं महानगपालिका वडा नम्बर ३२ स्थित भाटभटेनीको अन्डरग्राउन्ड पनि नक्सापास विपरीत व्यापारिक प्रयोजनमा रहेको पाइएको छ ।अन्डरग्राउन्डमा बनेका अवैध संरचना हटाउन नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको टोली भाटभटेनी पुगेर फर्किएको हो ।
“अलिकति हामीले हटाउन सुरु गर्यौँ । भाटभटेनी आफैँले हटाउने भनेपछि २४ घण्टे अल्टिमेटम दिएर तीनकुने चौकीतर्फ लागेका छौँ,” उनले भने ।
निरीक्षणमा निस्किएको नगर प्रहरीको साथमा डोजर पनि छ ।
स्रोत नखुलेको १५ लाखसहित दुईजना पक्राउ
सर्लाहीको मलंगवा नगरपालिका–८, स्थित नेपाल–भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको नगद १५ लाख १६ हजार रुपैयाँसहित दुईजना पक्राउ गरेका छन् ।बाँकेको कोहलपुर नगरपालिका–६ घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बस्दै आएका ३५ वर्षीय जनकराज हमालसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरू नेपालबाट भारततर्फ जाँदै गरेको बा९८प ७१५८ नम्बरको मोटरसाइकलमा सवार थिए । जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बलसहितको टोलीले जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।





