कोरियामा दुर्घटनामा परी एक नेपालीको मृ’त्‍यु ! हार्दिक श्रद्धाञ्जली



कोरियामा दुर्घटनामा परी एक नेपालीको मृ’त्‍यु ! हार्दिक श्रद्धाञ्जली

सोल, भदौ २३ । कोरियामा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्‍यु भएको छ। कोरियाको ख्यङ्गीदो प्रान्तस्थित पोछनमा भएको दु’र्घटनामा सुर्खेतका जीवन मगरको ज्यान गएको कोरियाका नेपाली दोभाषे सहयोगी मुक्त गुरुङले जानकारी दिए।

मगर ईपीएस भाषा परीक्षा उत्तीर्ण गरी ३ वर्षअघि कोरिया आएका थिए। गर्मी विदामा साथीहरुसँग घुमेर मंगलबार साँझ आफ्नो कोठामा फर्किएका मगर खानेकुरा किन्न भन्दै बाहिर निस्किएको र बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएको उनका सहकर्मीलाई उद्धृत गर्दै गुरुङले जानकारी दिए।

साँझ निस्किएका मगर बिहानसम्म पनि नफर्किएपछि उनका सहकर्मीहरु खोज्न जाँदा साईकल र चप्पल भेटिएपछि प्रहरीसँग सोधपुछ गर्दा घट’नाका विषयमा जानकारी पाएको उनीहरुले बताए।

घट’नाका विषयमा दूतावासलाई जानकारी गराइसकिएको र श’व पोछनस्थित स्थानीय अस्पतालमा राखिएको गुरुङले बताए। कोरियामा ईलेक्ट्रिक स्कुटर चलाउनसमेत लाइसेन्स आवश्यक पर्ने भन्दै गुरुङले साइकलदेखि मोटरसाईकल चलाउँदा अति नै सं’वेदनशील हुन आग्रह गरेका छन्। रिपोर्टर्स नेपाल

प्रकाशित मिति : २०७९ भाद्र २३ गते बिहिवार