गायक शिव परियारको ‘असंवेदनशिल’ टिप्पणी : बलात्कारलाई व्यवसाय बनाउनेहरुको भण्डाफोर गरौं



काठमाडौं । गायक शिव परियार पछिल्लो समयका बलात्कारका घटनालाई लिएर आक्रामक सुनिएका छन् । नेपाल सरकारलाई सम्बोधन गर्दै उनले लेखेको फेसबुक स्टाटस ‘आक्रोशित’ महसुस हुन्छ ।

तर, यो आक्रोशभन्दा बढी ‘असंवेदनशिलता’ हो ।उनले बलात्कारलाई ‘व्यवसाय बनाउनेहरुको भण्डाफोर’ नगरिए नेपाल बलात्कारीहरुको देश हो’ भन्ने नजिर स्थापित हुने उनको टिप्पणी छ ।

‘कृपया यतिबेला सबै वर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरुले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी देख्छु’ उनले भनेका छन् ।

तर, स्टाटस पोस्ट गरेको केही मिनेटमै उनले यसलाई डिलेट गरेका छन् यद्यपी सामाजिक संजालमा पोस्टको स्क्रिनसट् भाइरल बनिरहेको छ । बलात्कारजस्तो संवेदनशिल विषयलाई व्यवसाय बनाएको भनेर स्टाटस लेखेको भन्दै उनीविरुद्ध सामाजिक संजालमा आक्रोश पनि पोखिएको छ ।

कतिपयले परियारलाई बहिष्कार गर्नुपर्ने भन्दै स्टाटस पनि लेखेका छन् । बलात्कारजस्तो गम्भीर विषयलाई सामान्यीकरण गर्न नहुने धेरैको मत छ । गायक परियार राजनीति र सामाजिक विषयवस्तुमा टिप्पणी व्यक्त गर्ने कलाकारमध्ये पर्छन् ।

प्रकाशित मिति : २०७९ भाद्र २३ गते बिहिवार