पहिलोपल्ट माल्टाबाट चार्टर विमान आयो भैरहवामा



युरोपिय देश माल्टाबाट बिमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार दिउँसो एक जहाज अबतरण गरेको छ ।

नेपाल नागरीक उड्डयन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय भैरहवाका अनुसार माल्टाबाट काठमाडौंका लागि चार्टर गरी आएको ट्याग एअरलाइन्सको जहाज पार्किङका लागि भैरहवा अबतरण गरेको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोबिन्द दाहालका अनुसार यो जहाज कम्तीमा ३ साता यहाँ पार्किङ गर्नेछ । काठमाडौंमा लामो समयसम्म पार्किङका लागि स्थान उपलब्ध नभएकाले याहा पार्किङका लागि आएको हो ।

यस अघि गौतमबुद्ध विमानस्थलमा भियतनामको एक जहाज पार्किङका लागि आएको थियो । अहिले कुबेतको जजिरा एयरवेजले साताको तीन उडान भैरहवा कुबेत गर्दै आएको छ ।

ट्याग युरोपिय देश ग्वाटेमालामा सन् १९६९ मा स्थापित भएको प्यासेन्जर तथा कार्गो सेवा दिने बिमानसेवा कम्पनि हो । यस्को मुख्यालय तथा हब एयरपोर्ट ला औरोरा इन्टरनेसनल एयरपोर्ट हो, जुन ग्वाटेमाला सिटीमा अवस्थित छ ।

प्रकाशित मिति : २०७९ भाद्र २१ गते मङ्गलवार