दक्ष आप्रवासी कामदारको तलब बढाउने अष्ट्रेलियाको संकेत
अष्ट्रेलियाको सरकारले केही अस्थायी आप्रवासीहरुमाथि राखिएको आम्दानीको सीमा हटाउने संकेत गरेको छ।आइतबार अष्ट्रेलियाका स्किल एण्ड ट्रेनिङ ब्रेन्डन ओ’कोनोरले आइतबार सरकार उक्त सीमा हटाउने पक्षमा रहेको बताएका हुन्।
पछिल्लो समय कामदार अभावको मार खेपिरहेको अष्ट्रेलियाले विदेशी कामदारप्रतिको आकर्षण बढाउन नयाँ योजना अघि सारेको हो।
गत साता अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले मुलुकको आर्थिक चुनौतीको सामना गर्न कामदार र कर्मचारी युनियनबीचको सहकार्य बढाउनु जरुरी रहेको बताएका थिए।
अष्ट्रेलियाले स्थानीय व्यवसायलाई टेवा दिने उद्देश्यले एक लाख ९५ हजार आप्रवासीलाई यो आर्थिक वर्षमा स्थायी बसोबासको अनुमति दिने बाएको थियो।पछिल्लो समय भिसा प्रक्रिया अड्किएका कारण लाखौं मानिसहरु अष्ट्रेलिया जान पाएका छैनन्।
त्यसैले पनि अष्ट्रेलियामा कामदार अभावको समस्या देखिएको हो। विशेषगरी कोभिड–१९ सम्बन्धी प्रक्रियाको कारण धेरै मानिसहरु अष्ट्रेलिया जान नपाएका हुन्।





