कालीदेवी मावि बुखेलमा पूर्वविद्यार्थी संघ गठन



ललितपुर । ललितपुरको महांकाल गाउँपालिका वड नं. १ बुखेलस्थित कालीदेवी माविमा पूर्वविद्यार्थी संघ गठन भएको छ । कालीदेवी मावि स्थापना भएदेखि हालसम्म एसएलसी वा एसइइ उतिर्ण भएकाहरु मध्येबाट उपस्थित करिव ४५/५० जना पूर्वविद्यार्थीहरुकाे भेलाले राजन तिमल्सिनाकाे अध्यक्षतामा पूर्व विद्यार्थी संघ गठन गरेको हाे ।

आज शुक्रबार विद्यालय परिसरमा भएको भेलाले राजन तिमल्सिनाकाे अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हाे । समितकाे उपाध्यक्षमा प्रमिला तिमल्सिना, सचिवमा यूनिक दाहाल (अनिष्थ), सहसचिवमा सिताराम घिमिरे, काेषाध्यक्षमा विमला तिमल्सिना चयन भएका छन्।

त्यस्तै दिपक दाहाल, अस्मिता तिमल्सिना, सुशीला घिमिरे र रविन घिमिरे समितिकाे सदस्यमा चयन भएका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार