साउदी अरबमा फेसन शो, युवतीहरुले गरे र्याम्प वाक
एजेन्सी । साउदी अरबको राजधानी रियाद विश्वभर चर्चामा छ । कारण पनि अचम्मको छ । हालै आयोजित फेसन शो निकै चर्चामा रहेको छ।
उक्त इभेन्टमा भाग लिन संसारभरका डिजाइनरहरू आएका थिए। एकातिर यो इभेन्टका कारण देशको धेरै प्रशंसा भइरहेको छ भने अर्कोतर्फ युवराज मोहम्मद बिन सलमान जनताको निशानामा परेका छन् ।यसअघि सन् २०१८ मा पहिलो पटक यस्तै शो आयोजना गरिएको थियो । तर, यसपटक झनै भव्य रुपमा आयोजना गरिएको छ ।
शोमा डिजाइनरहरूले साउदी अरबको संस्कृतिलाई ध्यानमा राखेर आधुनिक डिजाइनहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा साउदी अरबका एक जना प्रभावशाली व्यक्ति पनि पुगेकी थिइन् । एक अन्तर्वार्तामा उनले यो शोलाई देशका लागि लाजमर्दो भनेको मिडिया रिपोर्टमा उल्लेख छ ।
उनले भनिन्, ‘मलाई थाहा छ यो एक प्रकारको मिश्रित शो हो जसमा महिला र पुरुष दुवैको सहभागिता रहेको छ । मिश्रण भनेको खाना र पानी हो। यो एकदम लाजमर्दो थियो। मलाई यो महिलाको शरीरको फेसन शो हो जस्तो लाग्यो। योसँगै धेरै नागरिकले देशमा यस्ता कार्यक्रम गर्न किन दिइने भनेर प्रश्न गर्न थालेका छन् ।’





