कोरियाको एक कम्पनीमा नेपालीद्वारा सुतिरहेका नेपालीकै ह’त्या ,यसरी भएको थियो ह’त्या



कोरियाको एक कम्पनीमा नेपालीद्वारा सुतिरहेका नेपालीकै ह’त्या ,यसरी भएको थियो ह’त्या

मिन बि क

दक्षिण कोरियाको एक कम्पनीको होस्टेलमा सुतिरहेका सहकर्मीलाई निदाएको बेलामा धारिलो छु’रा प्रहार गरी ह’त्या गरेका छन्।
छुङछनबोक्दो जिन्छन प्रहरीले २९ बर्षिय पाँचथर घर भएका राजेश बुढाथोकीले युवाले नुवाकोट घर भएका प्रकाश बि क लाइ सुतिरहेको अवस्थामा घाँटीमा चक्कु प्रहा’र गरि ह’त्या गरेको उक्त कम्पनीमा कार्यरत नेपाली सहकर्मीले जनाएका छन् भने कोरियाका मिडियाहरुमा मादक पदार्थ सेवन गरेर झगडा भएको भनेर समाचार आईरहेका छन् त्यो गलत भएको सहकर्मीले भनेका छन्

ह’त्या गर्ने राजेश बुढाथोकी एक महिना अगाडी मात्रै कोरिया प्रवेश गरेका थिय भने प्रकाश बि क ५ महिना अगाडी कोरिया आएका थिए।
उनीहरुलाई कम्पनीको होस्टेलमा संगै राखेको थियो।

कम्पनीमा कार्यक्रत साथीहरुका अनुसार ह’त्या आरोपी राजेश बुढाथोकी यस भन्दा अगाडि पनि १ वर्ष कोरिया बसेर बिरामी भएकोले नेपाल फर्किएर पुन परिक्षा दिएर कोरिया आएको बुझिएको छ।

मंगलबार बेलुकी ८ बजेसम्म काम गरेका खाना खाएर सबै साथीहरु सुतेका थिए। राती करिव ११:४० को समयमा अचानक हल्ला गर्दै बचाउ बचाउ भन्दै राजेश बुढाथोकी बाहिर निस्किएपछि कम्पनीमा कार्यरत अन्य साथीहरु पनि निस्किएका थिए। साथीहरु बाहिर निस्किदा हातमा चक्कु लिएर बाहिर निस्किएका राजेश बुढाथोकीको ब्यबहार असामान्य देखेपछि साथीहरु कोठामा पस्न पनि डराएका थिए

उनिहहरुले तत्काल प्रहरीलाई फोन गरेका थिए। उनको असामान्य ब्यबहारले गर्दा भित्र जान नसकेकोले प्रहरी आयपछी उनको कोठामा प्रहरीसंगै प्रवेश गरेका थिए। प्रहरी संगै कोठामा प्रवेश गरेका साथीहरुले सुतिरहेको साथीलाई ह’त्या गरि आफुले पनि घाँटीमा चक्कु प्रहा’र गरेका थिए। केहि घण्टा ढिलो भएको भए उनको पनि ज्यान जान सक्ने अवस्थामा रगत धेरै बगिसकेको थियो। उनले साथीको हत्या गरेर आफु बचनको लागी साथीसंग झगडा भयो भन्ने देखाउन आफ्नै घाँटीमा चक्कु हानेका थिए।

६ जना कामदार भएको उक्त कम्पनीमा बिगत १० बर्ष देखि काम गरिरहेका नाम नबताउने सर्तमा रहेका एक जना नेपालेका अनुसार बिकाश बि क अत्यन्त मिलनसार रहेको झैझगडा नगर्ने सबैलाई आदर गर्ने मिठो बोल्ने प्रकृतिको ब्यक्ति भएको बताएका छन् भने हत्याको आरोपी राजेश बुढाथोकी शुरु शुरुमा प्रकाश बि क संग संगै बसेर खाना खान नखोज्ने पर पर हुने टाढिन खोज्ने गर्ने गरेको कम्पनीमा कार्यरत साथीहरुले बताएका छन्।

कोरियाको संचार माध्यममा आएका समाचारहरुमा मादक पदार्थ सेवन गर्दा झगडा परेर हत्या भयो भन्ने कुराको खण्डन गर्दै कम्पनीमा संगै काम गर्ने र संगै जोडीएको होस्टेलमा बस्ने हामीहरुले झगडा गर्दा बोलेको आवाज केहि पनि नसुनेको बताउछन यदि झगडा गरेकै भए के हि न के हि आवाज आउथ्यो अथवा ड्याङ्ग डुंग के हि आउनु पर्ने हो त्यस्तो केहि पनि नसुनेको जनाउछन।

हत्या आरोपी हाल प्रहरीको निगरानीमा अस्पतालमा उपचार गरिरहेका छन् भने हत्या यस घटनाको थप अनुसन्धान हुँदै गरेको छ भने हत्या आरोपीलाई कोरियाको कानुन बमोजिम सजाय हुने दुतावासले जनाएको कोरिया स्थित नेपाली छ।

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार