दक्षिण कोरियामा करिब ७५ प्रतिशत अवैध विदेशी मुद्राको कारोबार क्रिप्टोबाट
काठमाडौं ।विगत दुई वर्षदेखि दक्षिण कोरिया क्रिप्टोको अग्रणी बजारमा रुपमा देखिएको छ। कोरियामा क्रिप्टो कारोबार उच्च दरमा वृद्धि भइरहेको छ।यद्यपि क्रिप्टो नियम र सरकारी निरीक्षणको अभावमा कोरियामा क्रिप्टो सम्बन्धित अवैध विदेशी कारोबार पनि बढ्दो क्रममा छ।
कोरियामा हुने करिब ७५ प्रतिशत अवैध विदेशी मुद्राको कारोबारमा क्रिप्टोको प्रयोग भइरहेको छ। कोरियाली सरकारले क्रिप्टो नियमनको ढाँचालाई बलियो बनाउने योजना अघि बढाइरहेको छ।कोरियाली सरकारको तथ्यांक अनुसार अवैध विदेशी मुद्रा लेनदेनहरुमा क्रिप्टो सम्बन्धित सम्झौता र व्यापारहरु हावी रहेको ब्लूमबर्गले उल्लेख गरेको छ।
कोरियाको अभियोजकको कार्यालयले हाल चार क्रिप्टो सम्बन्धित मुद्दाहरुको अनुसान्धन गरिरहेको छ। जसमा अवैध विदेशी विनियम कारोबार १.१ बिलियन अमेरिकी डलरभन्दा धेरै रहेको भन्सार कार्यालयले सांसद मिन ब्योङ डगलाई उपलब्ध गराएको रिपोर्टमा उल्लेख छ।
सांसद मिन ब्योङ डगले अपबिट सहित धेरै क्रिप्टो एक्सचेन्जहरुले कारोबार शुल्कबाट नाफा कमाउन सिटकोइनहरु हटाउने गरेको आरोप पनि लगाए .विदेशी विनियम नियम उल्लघन गर्ने करिब ७५ प्रतिशत कारोबारहरु क्रिप्टोकरेन्सीसँग जोडिएका छन्। अवैध विदेशी मुद्रा कारोबार सन् २०२१ मा करिब ८० करोड अमेरिकी डलर रहेकोमा चालु वर्ष बढेर १ अर्ब अमेरिकी डलरभन्दा धेरै पुगेको छ। अवैध क्रिप्टो सम्बन्धित कारोबार गत वर्षको तुलनामा ६१ प्रतिशतभन्दा बढीले बढेको छ।
दक्षिण कोरियामा पछिल्लो दुई वर्षमा बढ्दो क्रिप्टोकरेन्सीको प्रयोगले अवैध विदेशी मुद्राको कारोबार सन् २०२० को तुलनामा ७० गुणाले बढेको छ।





