भेट्टाएको नागरिकताबाट म्यानपावर कम्पनी खोलेर ठगी गरेको आरोपमा एक पक्रा’उ
भेट्टाएको नागरिकता दुरू’पयोग गरी म्यानपावर कम्पनी खोलेर ठ’गी गरेको आरो’पमा प्रहरीले एक जनालाई पक्रा’उ गरेको छ।
काठमाडौं उपत्यका अपरा’ध अनुसन्धान कार्यालयको टोलीले बिहीबार ठगी आरोपमा एक जनालाई प’क्राउ गरेको हो। मुगु खत्याड गाउँपालिका-१ घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २३ वर्षीय बिनीबहादुर कार्कीलाई पक्रा’उ गरेको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीले जानकारी दिए।
रेग्मीका अनुसार जिल्ला प्रशासन कार्यालय पर्वतबाट जारी सन्दिप न्यौपाने नामको नागरिकता हराएको थियो। न्यौपानेले जनकल्याण सेवा प्रालि नामको जब-सेन्टर खोल्न लागेका थिए। कम्पनी दर्ता गर्न सम्बन्धित निकायमा जाँदा उनको नागरिकताको प्रमाणपत्र हराएको थियो।
सो नागरिकता कार्कीले फेला पारेको एसपी रेग्मीले बताए। अनि कार्कीले न्यौपानेको नागरिकता दुरूपयोग गरी काठममाडौंको बालाजुमा इगल क्विन एडुकेसन कन्स’ल्टेन्सी नामक म्यान’पावर कम्पनी सञ्चालन गरिरहेका थिए। सन्दिपकै नामबाट तीन वटा बैंकमा खाता समेत खोलेका थिए। फोटो भने अर्कै व्यक्तिको टाँसेको पाइएको एसपी रेग्मीले बताए।
त्यसरी कार्कीले ११ जनालाई सेक्युरिटी गार्ड, क्लिनर, हेल्पर, इलेक्ट्रिसियनको काममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि सिंगापुर पठाइदिने भन्दै प्रलोभनमा पारेको प्रहरीले जनाएको छ। कार्कीले विदेश पठाइदिने भन्दै पटकपटक गरी ५ लाख ५८ हजार रकम ठगी गरेको एसपी रेग्मीले बताए।
कार्कीले ठगी गरेको भन्दै कार्यालयमा जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको कार्यालयले जनाएको छ।





