बालेनले शक्तिको दुरुपयोग गरेर चाडबाडको मुखमा व्यवसायीलाई मर्कामा परेको गुनासो



बालेनले शक्तिको दुरुपयोग गरेर चाडबाडको मुखमा व्यवसायीलाई मर्कामा परेको गुनासो

बालेनले शक्तिको दुरुपयोग गरेर चाडबाडको मुखमा व्यावसायीलाई मर्कामा परेको गुनासो काठमाडौं उद्योग वाणिज्य संघले गरेको छ । संघले काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले शक्तिको दुरुपयोग गरेको आरोप लगाएको हो ।

संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले महानगरले अवैध संरचना भत्काउने नाममा साना व्यवसायीलाई दुःख दिएको बताए । उनले भने ‘घरधनी र व्यापारीबीच सहमति भएर व्यवसायीले भाडा लिएका हुन्छ । व्यावसायीले गरेको लगानीलाई वेवास्ता गर्दै महानगरले घरधनीसँगको इगाे लिएको छ ।’

‘अहिले चाडबाडको मुखमा जननिर्वाचित मेयरले शक्तिको दुरुपयोग गरेर व्यावसायीको विचल्ली बनाइरहेका छन् । कर तिरेका व्यवसायीलाई आफ्नो सम्पतिको अधिकार किन दिइएन् ?’, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघले यस विषयमा साझा धारणा बनाउने उनले जानकारी दिए । यही विषयमा काठमाडौं, उद्योग वाणिज्य संघको बैठक बस्दै छ ।

प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार