डोटीमा उच्च रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गयो



डोटीमा उच्च रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गयो

डोटीमा उच्च रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ । आदर्श गाउँपालिका–६ गिरिचौकाकी ३२ वर्षीया जानकी खडायतको गएराति ज्यान गएको हो ।

स्वास्थ्यकर्मी समेत रहेकी खडायत सुत्केरी व्यथा लागेर अस्पताल पुग्नुभएको थियो । उहाँले मृत बच्चा जन्माउनुभएको थियो । तर बच्चा जन्मिएपछि उच्च रक्तश्राव हुँदा उहाँको ज्यान गएको जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले जानकारी दिनुभयो ।

खडायत गिरिचौका स्वास्थ्य चौकीमा अनमीका रुपमा कार्यरत हुनुहन्थ्यो ।

प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार