कोरियामा कमिटेड सम्बन्धि नियममा परिबर्तन , प्रवासी श्रमिकको कोटामा पनि बृद्वी



कोरियामा कमिटेड सम्बन्धि नियममा परिबर्तन , प्रवासी श्रमिकको कोटामा पनि बृद्वी

दक्षिण कोरियामा प्रतिबद्व कामदार अर्थात कमिटेड सम्बन्धि नियममा केहि परिबर्तन भएको छ । परिबर्तित नियमानुसार अन्तिमको कम्पनीमा कम्तिमा पनि एक बर्ष काम गरेको,४ बर्ष १० महिना उही कम्पनीमा काम गरेको वा अन्तिमको कम्पनीमा १ बर्ष नपुगेतापनि कम्पनीको कारण परिबर्तन गरेको कामदारले जस्तोसुकै कम्पनी वा कृषि क्षेत्रमा कमिटेड आउन पाउने छन । यसभन्दा पहिला एक सय जना जना भन्दा धरै कामदार भएको कम्पनीमा कमिटेडको रुपमा आउन नपाउने नियम थियो ।

प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राइले एमटियुको आधिकारिक युट्युब च्यानल मार्फत जानकारी दिदै यो नियम पास भैसकेकोले आगामी अक्टोबर सम्म लागु हुने जनाकारी गराउनु भएको छ । अबको नियम अनुसार १ जना देखि जतिसुकै कामदार भए पनि प्रवासी श्रमिक कमिटेडको रुपमा पुनः कोरिया प्रवेश गर्न पाउने छन ।

त्यसैगरी राइले कम्पनि परिबर्तन गरेपनि कमिटेड आउन पाउने सम्बन्धि नियम २०२५ सम्म मात्र भन्ने कुरा भ्रम भएको बताउनु भएको छ । उहाले २०२५ पछी केहि नियम हेरफेर भएपनि लागु भएको नियम हटेर नजाने बताउदै ढुक्कले कोरोना भिसा थप गरेर बस्न सबै प्रवासी श्रमिकलाई आग्रह गर्नु भएको छ । साथै प्रवासी श्रमिकले सुचना तथा जनाकारी लिदा आधिकारिक रुपमा लिने बानी बसाल्न पनि आग्रह गर्नुभएको छ ।

उहाले भन्नु भयो ” टिकटक वा बिभिन्न माध्यमबाट अपुष्ट जानकारी लिदा वा दिदा भ्रम पर्ने रहेछ धेरैजनाले सम्पर्क गर्नु हुन्छ, एमटियुलाइ जवाफ दिदा दिदा निकै गार्हो भएको छ । त्यस्तो नगर्न म सबैजनालाई आग्रह गर्दछु ” । त्यस्तै नयाँ आउनेको लागी आइडी कार्ड नबन्दै कार्यस्थल परिबर्तन गर्न पाइदैन भन्ने भ्रम हो नयाँ कम्पनीमा गएर पनि कार्ड बनाउन मिल्छ । उहाले भन्नु भयो ।
त्यसैगरी कोरियाले दिदै आएको प्रवासी श्रमिकको कोटामा पनि बृद्वी गरेको छ । हाल सम्म बार्षिक ५९ हजार दिदै आएकोमा अब १० हजार थप गरि ६९ हजार पुर्याउने भएको छ । कम्पनीहरुलाई पनि प्रवासी श्रमिकको कोटामा बृद्वी गरेको छ । जसबाट हजारौ प्रवासी श्रमिकहरु लाभान्वित हुने देखिन्छ । हेल्लो कोरिया डटकम बाट

प्रकाशित मिति : २०७९ भाद्र ६ गते सोमवार