पुटिनको ‘मस्तिष्क’ ठानिएका एलेक्सान्डरकी छोरीको मस्कोमा भएको बिस्फोटमा मृत्यु



पुटिनको ‘मस्तिष्क’ ठानिएका एलेक्सान्डरकी छोरीको मस्कोमा भएको बि’स्फोटमा मृत्यु

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगीकी छोरीको कार बम बि’स्फोटमा परेर मृत्यु भएको छ। २९ वर्षकी दार्या दुगिनाको मस्कोको बाहिरी क्षेत्रमास्थित सडकमा भएको बि’स्फोटमा परेर मृ’त्यु भएको हो।

घटनाको अनुसन्धान गरिरहेको समितिले यसबारे जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ। उनका पिता रुसी दार्शनिक एलेक्सान्डर दुगिनलाई ‘पुटिनको मस्तिष्क’का रुपमा चिन्ने गरिन्छ।

दार्या नियोजित आक्र’मणको निशाना बनेको हुनसक्ने जनाइएको छ। उनका पिता एलेक्सान्डर अति-राष्ट्रवादी दार्शनिक हुन् र उनी राष्ट्रपति पुटिनको नजिक रहेको विश्वास गरिन्छ।

दार्या र एलेक्सान्डर शनिबार बेलुका एक कार्यक्रममा सहभागी भएका थिए।

प्रकाशित मिति : २०७९ भाद्र ६ गते सोमवार