१६ वर्षअघि कोटेश्वरमा ह’त्या गरी भागेका व्यक्ति कतारबाट पक्राउ



फाइल फोटो ! इन्टर पोलको मद्दतमा साउदी बात ल्याइएका गोबिन्द मगर

काठमाडौं । १६ वर्षअघि भएको ह’त्याको घटनामा संलग्न एकजनालाई प्रहरीले कतारबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सँग सहकार्य गरेर प्रहरीले २ साउन २०६३ मा कोटेश्वरमा कुटपिट र धा’रिलो ह’तियार प्रहार गरी भएको ह’त्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले अनलाइनखबरलाई बताए ।

उनका अनुसार घटनामा संलग्न रही फरार रहेका दोलखा बैतेश्वर गाउँपालिका–२, टारका ३६ वर्षीय रामकुमार मगरलाई प’क्राउ गरिएको हो ।

मगर वैदेशिक रोजगारीका क्रममा कतारमा गएर लुकेर बसेको खुलेपछि इन्टरपोलमा रेड नोटिस जारी गरिएका थियो । त्यसको आधारमा उनलाई कतारले डिपोर्ट गरेको थियो ।

मंगलबार काठमाडौं ल्याएर उनलाई अप’राध अनुसन्धान कार्यालय बुझाइएको छ । थप कानूनी प्रक्रिया जिल्ला प्रहरी परिसर, काठमाडौंबाट अघि बढ्नेछ ।

प्रकाशित मिति : २०७९ भाद्र १ गते बुधवार