किन अघि सर्‍यो कतार विश्वकप ?



किन अघि सर्‍यो कतार विश्वकप ?

काठमाडौँ । आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा हुने फिफा विश्वकप फुटबल एक दिन अघि सारिएको छ । यसअघि नोभेम्बर २१ देखि विश्वकप शुरु हुने तालिका सार्वजनिक गरिएकाेमा अब

अब एक दिन अघि अर्थात नोभेम्बर २० मै विश्वकप सुरु हुने भएकाे हाे ।उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग खेल्नेछ । यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा तेस्रो खेलको रुपमा थियो ।

आयोजकले विश्वकपको पहिलो खेल खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको हो । आयोजक देश कतार र विश्व फुटबलको सर्वोच्च निकाय फिफाबीचको छलफलपछि खेल एक दिन अघि सारिएको छ ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार