इटहरीकी श्रद्धाले किन रोजिन आत्मह’त्या’को बाटो ?



इटहरीकी श्रद्धाले किन रोजिन आत्मह’त्याको बाटो ?

इटहरी । सुनसरीको इटहरीमा २१ वर्षीया युवतीले आत्मह’त्या गरेकी छन् । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार इटहरी ४ की श्रद्धा घिमिरेले सोमबार साँझ आत्मह’त्या गरेकी हुन् ।

आत्म ह’त्या गरेकी श्रद्दा दिदी भिनाजुकोमा बसेर इटहरीकै सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएकी थिईन् उनले कोठामा सलको पासो लगाएर आत्मह’त्या गरेको डिएसपी खड्काले बताए । उनका अनुसार सोमबार ३.४ बजेको समयमा फोन गर्दा फोन रिसिभ नभएपछि साँझ ५ बजेतिर कोठा समेत नखोलिएपछि ढोका फोरेर हेर्दा सलको पासो लगाएको अवस्थामा भेटिएकी हुन् ।

मृ’तकको पो’स्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको डीएसपी खड्काले बताए ।आत्म ह’त्याको थप कारणबारे मृतकको मोबाइल जफत गरी प्रहरीले अनुस’न्धान गरिरहेको छ । प्रेममा धोका भएपछि उनले आत्माह’त्याको बाटो रोजेको बताईएपनि थप अनुसन्धान भईरहेको छ ।

मान्छेले किन आत्महत्या गर्छ ?
अक्सर मान्छेले बाँच्ने उपाय खोजिरहेका हुन्छन् । मान्छे मृ’त्युदेखि सधै भयभित रहन्छ । त्यसैले सकेसम्म मृ’त्युलाई धकेल्दै मान्छेले जीवन लम्बाउने यत्न गर्छन् । जतिसुकै जटिल रोग लागेपनि मान्छे हार्न चाहँदैनन् । रोगसँग जुधेर बाँच्न चाहन्छ । एकबारको जीवनलाई मान्छेले पूर्ण भोग गर्न चाहन्छन् ।

मृ’त्यु स्वभाविक हो । सत्य पनि । तर, मृ’त्युलाई बिर्सिएर मान्छे जीवनमा हाँस्न र रमाउन चाहन्छ । केही गर्न चाहन्छ । मान्छेलाई आफ्नो जीवनप्रति त्यती प्रेम छ । लोभ छ । तर, त्यही मान्छे आफ्नो जीवन सिध्याउन पनि उक्सन्छन् । किन ?

प्रकाशित मिति : २०७९ साउन २६ गते बिहिवार