दक्षिण कोरियामा ८० बर्ष यताकै सबैभन्दा भारी बर्षा,७ जनाको मृत्यु ६ जना बेपत्ता !



गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरियामा हिजोदेखी परेको भारी बर्षाको कारण सिओल आसपास क्षेत्र नराम्ररी प्रभावित भएको छ।विगत ८० बर्ष यताकै सबैभन्दा भारी बर्षाको कारण सात जनाले ज्यान गुमाएका छन भने ६ जना हराईरहेका छन।

बाढी बाट प्रभावित सव वे स्टेशन
सिओल आसपासको क्षेत्र बाढीका कारणले ध्वस्त पारेको छ।साथै बाढीले घर,सवारी साधनहरु,भवन तथा सब वे स्टेशनहरु डुबानमा परेको दक्षिण कोरियाली मौषम एजेन्सीले जनाएको छ।

सियोलको पश्चिमी बन्दरगाह सहर ईन्छन र ख्यङ्गिदो प्रान्तको केही भागमा सोमबार राती सम्ममा १०० मिलिमिटर प्रतिघण्टाको दरले भारी वर्षा भएको छ, सियोलको दोङ्जाक मा प्रतिघण्टा १४१.५ मिलिमिटर वर्षा भएको छ, जुन १९४२ यताकै सबैभन्दा ठूलो वर्षा हो।

मुसलधारे बर्षाले सियोलमा पाँच जनाको ज्यान गएको छ भने चार जना बेपत्ता भएका छन् भने ख्यङ्गीदो प्रान्तमा बिहान ६ बजेसम्म दुई जनाको मृ’त्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।थप नौ जना घाइते भएका छन् ।

यससंगै कोरियाली टेलिकम सेवा प्रदायक कम्पनीहरुले उपभोक्ताको मोबाईलमा शतर्कता सर्कुलर अलर्ट जारी गरेका छन।कोरियामा यो हप्ता भरिनै बर्षा हुने पुर्व अनुमान छ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार