कति पुग्यो दिराम रियल र रिंगिटको भाउ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १२५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२६ रुपैयाँ २५ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२८ रुपैयाँ ६० पैसा र बिक्रीमा १२९ रुपैयाँ २२ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७ पैसा पाइन्छ। बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १५३ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५४ रुपैयाँ १६ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ २२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ३८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ २१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ३७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ २१ पैसा र बिक्रीमा २८ रुपैयाँ ३५ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४०९ रुपैयाँ ९९ पैसा र बिक्रीमा ४११ रुपैयाँ ९५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३३४ रुपैयाँ ८८ पैसा तोकिएको छ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार