दुबईमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ



दुबईमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

वैदेशिक रोजगार सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा काठमाडौँ महानगरपालिका-७ चावाहिल बस्ने धादिङ धुनिवेसी गाउँपालिका-९ खानीखोला नौबिसे घर भएका २७ वर्षीय विकास थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

थापाले दुबईमा फुड डेलिभरीमा जागिर लगाई दिन्छु भन्दै पीडितसँग नगद ४ लाख ४५ हजार रुपैयाँ लिई दुबई पठाई अलपत्रमा पारेको भनी जाहेरीका आधारमा काठमाडौँ उपत्यका

अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ बसुन्धराबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार