कतारमा अब नयाँ नियम ! यति हजार रियालभन्दा माथिको नगद कारोबार गर्न नपाइने
एजेन्सी – सम्पत्ति शुद्धीकरण र चरमपन्थी नियन्त्रण गर्न कतारले ५० हजार कतारी रियालभन्दा माथिको नगद कारोबारमा प्रतिबन्ध लगाएको छ।
कतार केन्द्रीय बैंकले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमार्फत सरकारको यो निर्णयको जानकारी दिएको हो । उक्त ट्विटमा क्यूसीबीले मन्त्रिपरिषद्को निर्णयअनुसार ५० हजार
कतारी रियालभन्दा बढीको नगद धेरै प्रकारका कारोबारमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको लेखेको छ । अब कतारमा ५० हजार रियालभन्दा माथिको कारोबारमा व्यक्तिले चेक, क्रेडिट कार्ड, डेबिट कार्ड वा बैंक ट्रान्सफरबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।
५० हजारभन्दा बढी कतारी रियाल सबै प्रकारका सम्पत्तिको बिक्री, खरिद र भाडामा र सम्पत्ति परिमार्जन गर्न प्रयोग गर्न नपाइने उल्लेख छ ।
प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार





