कति पुग्यो दिनार र रिंगिटको भाउ? यस्तो छ आजकाे विदेशी मुद्रा विनिमय दर



कति पुग्यो दिनार र रिंगिटको भाउ? यस्तो छ आजकाे विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ।

बिहीबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२८ रुपैयाँ १४ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ ४४ पैसा र बिक्रीमा १३० रुपैयाँ ०५ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १५३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ १८ पैसा र बिक्रीमा ९९ रुपैयाँ ६४ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३४ रुपैयाँ १२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ६१ पैसा र बिक्रीमा २८ रुपैयाँ ७४ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४१५ रुपैयाँ ०३ पैसा र बिक्रीमा ४१६ रुपैयाँ ९९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३९ रुपैयाँ ८७ पैसा तोकिएको छ।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार