सिद्धबाबालाई ‘बलात्कारी’ भन्दै नाराबाजी गरेपछि रोशनी शाही पक्राउ
काठमाडाैं / पशुपतिनाथ क्षेत्रमा ‘अतिरुद्र महायज्ञ’मा जुटिरहेका सिद्धबाबा भनिने कृष्ण गिरीविरुद्ध नाराबाजी गरेपछि रोशनी शाही पक्राउ परेकी छन् ।
तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार आरोप लगाएकी शाहीले मंगलबार पशुपतिनाथ परिसरमा पुगेर सिद्धबाबाविरुद्ध नाराबाजी गरेकी हुन् ।
आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेका सिद्धबाबाविरुद्ध रोशनीले ‘बलात्कारी’ भन्दै नाराबाजी गरेकी थिइन् ।
त्यसपछि उनलाई प्रहरीले तत्कालै पशुपति परिसरबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनलाई अहिले महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ ।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार





