इसीडी शिक्षकको समस्या तत्काल समाधान गर्न प्रतिनिधिसभा सदस्य भट्टराईको माग



काठमाडौं । प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले सरकारले बालविकासको उचित व्यवस्थापन गर्न नसकेको बताएकी छन् । उनले बालविकासमा कार्यरत सहयोगी कार्यकर्तालाई निर्धारित तलव सरकारले नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य भट्टराईले भनेकी छन्, ‘बालविकासको उचित व्यवस्थापन सरकारले हालसम्म पनि गर्न सकेको छैन । २०७८÷७९ मा बालविकासमा कार्यरत सहयोगी कार्यकर्ताहरुको मासिक तलव न्यूनतम १५ हजार सरकारले निर्धारण गरेपनि हालसम्म निर्धारण गरे अनुसार उहाँहरुले तलब प्राप्त गर्नुभएको छैन ।’

उनले थपिन्, ‘पाँच बजेसम्म काम गर्नुपर्ने अवस्था छ । बालविकासमा कार्यरत शिक्षक, कर्मचारी र सहयोगी कार्यकर्तामाथि राज्यले विभेद गरेको छ ।’

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार