
ललितपुर/२२ चैत, लकडाउनका समयमा हुनसक्ने कृतिम अभावलाई राेक्नका लागि ललितपुर महानगरपालिकाले बजार अनुगमन गरेकाे छ । उपप्रमुख गीता सत्यालकाे संयाेजकत्वमा शुक्रबारबाट सुरु भएको बजार अनुगमनमा समान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र अाेझा, राष्ट्रिय उपभोक्ता मञ्च ललितपुरका अध्यक्ष ध्रुवलाल तण्डुकार, नगरप्रहरी बलका प्रमुख सुवर्ण व्यन्जनकार, समान्य प्रशासन महाशाखाका कर्मचारी विजय खड्कालगायतका व्यक्तिहरुकाे साथै नेपाल प्रहरीका जवनहरु समेत सहभागी छन् । ललितपुर महानगरपालिकाद्वारा किराना पसलहरु, तरकारी तथा फलफूल पसलहरुकाे अनुगमनलाई तिव्रता दिइएको हाे।
लकडानकाे समयमा हुनसक्ने कृतिम अभाव, अस्वभाविक मुल्य बृद्धि र कालावजारी राेक्नका लागि बजार अनुगमन कार्यलाई निरन्तरता दिने उपप्रमुख गीता सत्यालले जानकारी गराइन् । उपप्रमुख सत्यालले भनिन्, ‘याे लकडाउनकाे अवसर छाेपेर जथाभावी मूल्य असुल्ने गरेको पाइएको छ । यसलाई नियन्त्रण गर्न र कालावजारी गर्नेलाई कार्वाही गर्नका लागि हामी निरन्तर बजार अनुगमनमा लागि रहेका छाैं ।’ सत्यालले अाममहानगरवासीहरुलाई सचेत भएर अावश्यक दैनिक उपभाेग्य बस्तुहरु खरिद गर्न र ठगिनबाट जाेगिन अनुराेध समेत गरेकी छन्। उनले भनिन् ‘महानगरभित्र सञ्चालन हुने हरेक पसलहरुले मुल्यसूची राख्नुपर्छ, मुल्यसूची नराख्ने, अाफूखुसी जथाभावी मूल्य असुल्ने, गुणस्तरहीन खाद्यसामग्री बेच्ने, कृतिम अभाव सृजना गर्ने सबैलाई कानूनी कारवाही गर्छाैं।’
देश यस्तो महामारीको संकटमा रहेकाे बेलामा कालाेवजारी गर्ने, उपभोक्ता ठग्नेहरुलाई निरन्तर बजार अनुगमन गरि कार्वाही गर्ने ललितपुर महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र अाेझाले वताए । अाेझाले भने, ‘तरकारी तथा फलफूल पसलमा बेच्ने सामानमा एकरुपता छैन, पसल नै पिच्छे एउटै सामानमा फरकफरक मुल्य छ। यसलाई राेक्न सबै पसलहरुमा अनिवार्य मुल्यसूची राख्न निर्देशन दिएका छाैं ।’
राष्ट्रिय उपभोक्ता मञ्च ललितपुरका अध्यक्ष ध्रुवलाल तण्डुकारले अस्वभाविक मुल्य असुल्ने, स्थानीय तहमा दर्ता नभई समान विक्री वितरण गर्ने, सडकका पेटीमै राखेर सामान बेच्ने लगायतका सबैलाई कसुर अनुसार दण्डित गराउनका लागि स्थानीय प्रशासन र स्थानीय सरकारसंग मिलेर अागाडी बढ्ने वताए । शुक्रबारबाट सुरु भएको अनुगमनमा ललितपुर महानगरकाे वडा नं. ३ काे ७ वटा, वडा नं. ५ काे ८ वटा , वडा नं. १८ काे १ वटा, वडा नं. २५ काे ८ वटा, वडा नं. २६ काे ७ वटा, वडा नं. २७ काे ५ वटा र वडा नं. २४ काे ५ वटा गरी ४१ वटा पसलहरुमा अनुगमन गरिएको छ।