कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८१ पैसा पुग्यो, बिक्रीमा ३४ रुपैयाँ ९७ पैसा पाइने
नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।
सोमबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ११ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२८ रुपैयाँ ६४ पैसा र बिक्रीमा १२९ रुपैयाँ २५ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३० पैसा पाइन्छ।
आज कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३४ रुपैयाँ १२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ६६ पैसा र बिक्रीमा २८ रुपैयाँ ८० पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ४० पैसा र बिक्रीमा ४१६ रुपैयाँ ३५ पैसा पाइन्छ। कुवेती दिनारको यो हालसम्मकै उच्च विनिमय दर हो। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३९ रुपैयाँ ८४ पैसा तोकिएको छ।





