अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु
२ साउन, काठमाडौं । अमेरिकाको इण्डियानास्थित ग्रीनउड पार्क मलमा भएको गोली काण्डमा चार जनाको मृत्यु भएको छ । एक जना युवकले गोली चलाउँदा ३ जनाको मृत्यु र तीन जना घाइते भएका थिए ।
जवाफी कारबाहीमा प्रहरीको गोली लागेर ती आक्रमणकारीको पनि मृत्यु भएको फक्स न्यूजले जनाएको छ ।
प्रहरीका अनुसार आक्रमणमा २२ वर्षीय एक जना युवकमात्र संलग्न थिए । उनी आइतबार साँझ ६ बजेतिर मलको फुड कोर्टमा प्रवेश गरेका थिए । त्यसपछि अन्धाधुन्द गोली चलाएका थिए ।
देशका केही स्थानमा राति भारी वर्षाकाे सम्भावना
काठमाडौं । हाल मनसुनको न्युन चापिय रेखा सरदर स्थान भन्दा दक्षिण तिर अवस्थित रहेको छ।
आज (सोमबार) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा भने आंशिक बदली रहेको छ। त्यस्तै, प्रदेश-१, बागमती, गणडकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशको पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।
सोमबार राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। त्यस्तै, देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।
साथै सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।





