युक्रेनको निकोपोल सहरमा रुसको मिसाइल आक्रमण, कम्तीमा ३७ जनाको ज्यान गयो



युक्रेनको निकोपोल सहरमा रुसको मिसाइल आक्रमण, कम्तीमा ३७ जनाको ज्यान गयो

युक्रेनको दक्षिणी सहर निकोपोलमा रुसले गरेको मिसाइल आक्रमणमा परि कम्तीमा ३७ जनाको ज्यान गएको छ । केही नागरिक घाइते भएका छन् । त्यहाँ पछिल्ला तीन दिन लगातार आक्रमणका घटना भइरहेका छन्।

रुसको लामो दूरीको क्रुज मिसाइल आक्रमणले मध्य सहर डिनिप्रोमा रहेकाे अन्तरिक्ष रकेट प्लान्टमा समेत क्षति पुगेको बीबीसीले जनाएको छ ।

आक्रमणबाट नजिकै रहेको आवासीय भवनमा क्षति पुगेको छ । रुसको निशानामा आवासीय भवन तथा महत्त्वपूर्ण क्षेत्रहरू परेका छन् ।

गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो । झन्डै ६ महिना लामो युद्धका कारण रुस तथा युक्रेनका हजारौँ सेना र नागरिकले ज्यान गुमाएका छन् ।

अहिले पनि आक्रमणका घटना रोकिएका छैनन् ।

प्रकाशित मिति : २०७९ साउन १ गते आइतवार