साउदी पत्रकार जमाल खशोग्गी हत्या आराेप बारेमा माेहम्मद बिन सलमान भन्छन्: अमेरिकाले पनि गल्ती गरेकाे छ



जमाल खशोग्गी हत्या आराेप बारेमा माेहम्मद बिन सलमान भन्छन्: अमेरिकाले पनि गल्ती गरेकाे छ

एजेन्सी- साउदी अरेबियाका क्राउन्स प्रिन्स मोहम्मद बिन सलमानले राष्ट्रपति जो बाइडेनसँगको भेटवार्तामा पत्रकार जमाल खशोग्गीजस्ता गल्तीहरूलाई रोक्न साउदीले कदम चालेको र अमेरिकाले पनि इराकजस्तै गल्ती गरेको बताएका छन्।

जो बाइडेनले शुक्रबार सलमानलाई सन् २०१८ मा इस्तानबुलको साउदी दूतावासमा वाशिंगटन पोस्टका पत्रकार जमाल खशोग्गीको हत्याको लागि जिम्मेवार भएको बताएका थिए।

साउदी अरेबियाका विदेश राज्यमन्त्री अब्देल अल-जुबेरले भने, ‘राष्ट्रपतिले यो मुद्दा उठाउनुभयो र युवराजले जवाफ दिनुभयो कि यो साउदी अरबको लागि दुखद घटना हो र यो ठूलो गल्ती थियो।’

उनले यस घटनामा अभियुक्तलाई मुद्दा चलाएर जेल सजाय तोकिएको पनि बताए।

अमेरिकी गुप्तचर एजेन्सीहरूले जमाल खशोग्गीको हत्याको आदेश क्राउन प्रिन्स नै भएको विश्वास गर्छन् तर उनले यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन्।

प्रकाशित मिति : २०७९ साउन १ गते आइतवार