दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ



दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं।आकर्षक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको धुनिबेसी गाउँपालिका–९ घर भइ हाल काठमाडौंको चाबहिल बस्‍ने २७ वर्षीय विकास थापा रहेका छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धाराबाट पक्राउ गरेको हो। उनले दुबई पठाइदिने भन्‍दै दुई जनाबाट ११ लाख रुपैयाँ ठगी गरेका थिए।

प्रवास खबर बाट
गण्डकीको बजेट बहुमतले पारित

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट प्रदेश सभाको बहुमतले पारित गरेको छ।

अर्थमन्त्री रामजी बराल ‘जीवन’ले असार १ गते प्रदेश सभामा पेस गरेको ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँ बराबरको बजेट बिहीबार पारित भएको हो।

invotech
प्रस्तावित बजेटमा एमालेका मुख्य सचेतक मायानाथ अधिकारीले १ रुपैयाँ खर्च कटौती प्रस्ताव पेस गरेका थिए। उनले पेस गरेको प्रस्ताव संसदको बहुमतले अस्वीकार गरेको छ।

प्रदेशको बजेटबाट सांसदले बाँड्न पाउने सांसद विकास कोषमा बजेट नल्याएको भन्दै झण्डै तीन साता बजेट छलफल अघि बढेको थिएन। सत्तारूढ दलभित्रको आन्तरिक किचलोले बजेट पेस भएपछि संसद अनिश्चितकालका लागि स्थगित भएको थियो।

लगातारको छलफलपश्चात् अर्थमन्त्री बरालले अर्थ विविध शीर्षकबाट सांसदलाई बाँड्ने बजेटको व्यवस्था मिलाउन सहमत भएपछि संसदमा बजेटमाथि छलफल अघि बढेको थियो।

बजेट छलफलका क्रममा सरकारले ल्याएको वार्षिक कार्यक्रम पुस्तिका र पछि छुटेका योजना भन्दै सेतो किताब पेस गरेपछि सरकार आलोचित भएको थियो।

कार्यक्रम पुस्तिकामा मुख्यमन्त्रीदेखि मन्त्री र सांसदले आफ्ना आफन्त, पार्टीका नेता कार्यकर्ताका नाममा खोलिएका कोष र पार्क बनाउन १० करोड रुपैयाँ विनियोजन गरेपछि बजेट विवाद चुलिएको थियो।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले त्यस्ता कार्यक्रम हटाएर प्रदेशको प्राथमिकताका योजनामा खर्च गर्न निर्देशन दिएपछि विवाद साम्य भएको थियो।

प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार