तीन वर्षपछि साउदी उडान फेरि थाल्दै टर्किस एयरलाइन्स, साउदीको तीन शहरमा उडान गर्ने



तीन वर्षपछि साउदी उडान फेरि थाल्दै टर्किस एयरलाइन्स, साउदीको तीन शहरमा उडान गर्ने

काठमाडौं। टर्कीको ध्वजावाहक वायुसेवा कम्पनी टर्किस एयरलाइन्सले तीन वर्षपछि साउदीतर्फ आफ्नो व्यावसायिक उडान पुनः सुरु गर्ने भएको छ।

को’भिड-१९ संक्रमण नियन्त्रणमा आएसँगै कम्पनीले आफ्नो नियमित उडान पुनः सुरु गर्न लागेको हो। कम्पनीले रियाद, दमाम, मेदिनालगायत गन्तब्यमा उडान गर्ने जनाएको छ।

‘टुर इस्तानबुल पुनः सुरु भएसँगै हामीले छ देखि २४ घण्टा कनेक्टिङ फ्लाइट गर्ने योजना अगाडि बढाइरहेका छौं। यसमार्फत टर्कीको संस्कृति र ऐतिहासिक महत्वको प्रवर्वद्धन हुनेछ’ कम्पनीले जारी गरेको विवरणमा उल्लेख गरिएको छ।

संक्रमण नियन्त्रणमा आएसँगै कम्पनीले यात्रुलाई पिसीआर परीक्षण विना नै यात्रा गर्न सक्ने प्रावधान लागू गरिसकेको जनाइएको छ।

साउदी अरेबियाले गत जुन महिनाबाट सबै मुलुकका लागि ‘यात्रा प्रतिबन्ध’ खारेज गरिसकेको छ। योसँगै टर्की, भारत, इथियोपिया, भियतनामलगायत मुलुकलाई प्रवेश निषेध गरेको थियो।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार