इसीडी शिक्षकको तलब १७ हजार पुग्याे : शिक्षामन्त्री पौडेल



ecd

काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेलले सरकारले इसीडी शिक्षकको तलब बढाएको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, २०७९ माथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले यसअघि केन्द्र सरकारले आठ हजार र स्थानीय सरकारले सात हजार गरी जम्मा १५ हजार दिँदै आएकोमा केन्द्र सरकारले २ हजार थप गरेको बताए । उनकानुसार इसीडी शिक्षकले अब केन्द्रबाट १० हजार र स्थानीय तहबाट ७ हजार गरी जम्मा १७ हजार पाउनेछन् ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार