![](https://www.bagmationline.com/wp-content/uploads/2022/03/EPS-Korea.png)
काठमाडौं । इपीएस शाखाले काेरियन भाषा परिक्षाकाे कृषि तथा पशुपालन क्षेत्रको पहिलो चरणको नतिजा सार्वजनिक गरेको छ । पहिलो चरणमा कृषि तथा पशुपालन क्षेत्रको परिक्षामा सहभागी ६ हजार ५ सय ९७ को नतिजा आज सार्वजनिक भएको हो ।
यसपटकको इपीएस परिक्षाका लागि ४४ हजार ८ सय ५३ जनाले आवेदन दिएका थिए । कृषि र पशुपालन क्षेत्रमा १० हजार ८ सय ५८ जना र उत्पादनमूलक समूहमा ३३ हजार ९ सय ९५ जनाले आवेदन दिएका थिए । नतिजा इपीएस शाखाको eps.hrdkorea.or.kr वेबसाइटबाट हेर्न सकिने छ । यहाँबाट हेर्न सकिन्छ ।
प्रकाशित मिति : २०७९ असार १३ गते सोमवार