ललितपुर । ईपीएस शाखा ग्वार्काेले कृषि तथा पशुपालन क्षेत्रका व्यक्तिहरुकाे सिसिभीआइ फारम भर्न ताकेता गरेकाे छ । शाखाले साेमबार एक सूचना जारी गर्दै कार्यालय समयमा स्वयं उपस्थित भएर फारम भर्न अनुरोध गरेको छ ।
फारम भर्न राहदानीकाे सक्कल र प्रतिलिपी, नागरिकताको प्रतिलिपी, आचरण सम्बन्धि प्रहरी प्रतिवेदन, क्षयरोग परिक्षण प्रतिवेदन, पासपोर्ट साइजकाे फाेटाे आवश्यक पर्ने सूचनामा उल्लेख छ । यस्तै फारमबापत सात हजार दुई सय रूपैयाँ नेपाल बैंक लिमिटेडकाे खाता जम्मा गर्नुपर्ने समेत सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०७९ असार ६ गते सोमवार





