
काठमाडौं । सांसद घनश्याम खतिवडाले इसीडी शिक्षकको पुरा तलब केन्द्रबाटै दिन माग गरेका छन् । आज विनियोजन विधेयकमाथि भएको छलफलमा सांसद खतिवडाले यस्तो माग गरेका हुन् ।
उनले संघ र स्थानीय तहले आधाआधा दिने भनेर छुट्ट्याउँदा इसीडी शिक्षकको पुरा तलब पाउन नसकेको भन्दै पुरा तलब केन्द्रबाट दिन सुझाव दिएका हुन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार