मावि तहकाे लाइसेन्स परिक्षाकाे प्रवेशपत्र प्रीन्ट गर्न आयोगको सूचना (सूचना सहित)



काठमाडौं । शिक्षक सेवा आयोगले आज जेठ १३ गते माध्यमिक तह शिक्षक अध्यापन अनुमति पत्रको परिक्षाको लागि प्रवेशपत्र प्रीन्ट गर्न सम्बन्धित सबैमा सुचना प्रकाशन गरेको छ ।

आयोगबाट प्रवेशपत्रको प्रतिलिपीको व्यवस्था नमिलाइएको कारण आयोगको वेबसाईटबाट प्रीन्ट गरि परिक्षार्थीले आफ्नो साथमा सुरक्षित राख्न पनि सम्बन्धीत परिक्षार्थीलाइ निर्देशन दिएको छ ।

आयोगले २०७८/१३/३० गते खुल्ला गरेको माध्यमिक तह शिक्षक अनुमति पत्रको विज्ञापनमा ६७ हजार भन्दा बढेको आवेदन परेको छ । प्रवेशपत्र आयोगको वेबसाईट www.licence.tsc.gov.np/ मा गएर प्रीन्ट गर्न सकिन्छ ।

आयोगले प्रकाशन गरेको सूचना

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार