आज पनि बढ्यो अमेरिकी डलर ,कुन देशको विनिमय दर कति हेर्नुस् लिस्ट !



काठमाडौं । आज चैत १९ गते बुधबार अमेरिकी डलर र कतारी रियालको भाउ झन् बढेको छ । यूके पाउण्ड, यूरोपियन यूरोको भाउ भने घटकेो छ । आज अमेरिकी डलर एकको खरिददर १ सय २० रुपैयाँ ७६ पैसा तथा बिक्रिदर १ सय २१ रुपैयाँ ३६ पैसा रहेको छ। यूरोपियन यूरो एकको खरिददर १ सय ३२ रुपैयाँ ११ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ७६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ २७ पैसा र बिक्रिदर १ सय ५० पैयाँ १ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २५ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ९ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर ३ सय ८५ रुपैयाँ ६२ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३ सय २० रुपैयाँ २७ पैसा तथा बिक्रिदर ३ सय २१ रुपैयाँ ८६ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

प्रकाशित मिति : २०७६ चैत्र १९ गते बुधवार