
भक्तपुर । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा सञ्चालनका लागि खुला गरेको विज्ञापनमा ६७ हजार २ सय ६८ जनाले आवेदन दिएका छन् । अध्यापन अनुमति पत्रका लागि ६७ हजार २ सय ६८ जनाले परीक्षा दरखास्त फाराम भरेका हुन् ।
आयोगले २०७९ बैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ ५ गतेसम्म अबिलम्ब ९दोब्बर० शुल्कमा परीक्षा आवेदन दरखास्त फाराम भर्नका लागि विज्ञापन गरेको थियो ।
साथै ६७ हजार २ सय ६८ जना कुल आवेदक मध्ये ६५ हजार १ सय ७० आवेदकहरुले मात्र अध्यापन अनुमति पत्रको परीक्षामा सामेल हुन पाउने छन् । बाँकी २ हजार ९८ जना परीक्षामा सामेल हुन पाउने छैनन् । आयोगका अनुसार दरखास्त भरेका तर शुल्क नतिरेका, आधा शुल्क मात्र तिरेका र फाराम भर्दा विगारेका उम्मेदवारहरुले परीक्षा दिन पाउने छैनन् ।
त्यसैगरी प्रदेशगत अन्तर्गत प्रदेश १।मा १० हजार ९४ जनाले आवेदन दिएका छन् । मधेश प्रदेशमा ८ हजार ६ सय ९७ , बागमती प्रदेशमा १७ हजार ७८, गण्डकी प्रदेशमा ५ हजार ६ सय ९६, लुम्बिनी प्रदेशमा १० हजार ९ सय ६२, कर्णाली प्रदेशमा ५ हजार ८ सय १३ र सुदुरपश्चिम प्रदेशमा ६ हजार ८ सय ३६ जनाले आवेदन दिएका छन् । परीक्षा असार १८ गते प्रदेशगत रुपमा सञ्चालन हुँदै छ ।