काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म एक लाख २८ हजार ४८५ मतगणना गरिएको छ ।
पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेनं)ले फराकिलो अग्रता बनाएका छन् । उनले ४३ हजार ८५० मत पाएका छन् ।
नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंह २५ हजार ९४४ मतसहित दोस्रो स्थानमा छिन् । यस्तै नेकपा (एमाले)का उमेदवार केशव स्थापितले २५ हजार ५९ मत ल्याएका छन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार





