धरानको मेयरमा हर्क साम्पाङको फराकिलो अग्रता, उपमेयरमा आइन्द्रविक्रम लिम्बू अघि



काठमाडौं । धरान उपमहानगरापलिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले आफ्ना प्रतिद्वन्द्वीसँग २,३६१ मतान्तर बनाएका छन् । उनले गबन्धनका साझा उम्मेदवार किशोर राईलाई करिब साढे २ हजारको मतान्तर बनाएका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार साम्पाङले साम्पाङले १३ हजार ४०५ मत पाएका छन् । त्यस्तै किशोर राईले ११ हजार ४४ मत पाएका छन् ।त्यस्तै नेकपा एमालेका मेयर उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ९ हजार ५४ मत पाएकी छन् ।

उपमेयरमा भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघा लिम्बूको रहेको छ । पछिल्लो मत परिणाम अनुसार उनले १३ हजार ५९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वीका रुपमा एमालेका पदम इस्वो लिम्बूले १२ हजार ३१७ मत पाएका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार