सपथ लिँदै दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिले गरे कोरियन प्रान्तलाई शान्त राख्ने वाचा



सिओल । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलले शपथ लिएका छन् । राजधानी सिओलको नेसनल एसेम्बलीमा आयोजित एउटा विशाल समारोहमा योलले दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रूपमा शपथ लिएका हुन् ।

‘म जनतासामु गम्भीरताका साथ शपथ लिन्छु कि म राष्ट्रपतिको कर्तव्यहरू इमानदारीका साथ पूरा गर्नेछु’, शपथमा उनले भने ।

नवनिर्वाचित राष्ट्रपति योलले आफ्नो भाषणमा आणविक निशस्त्रीकरणको बदलामा उत्तर कोरियाको अर्थतन्त्रलाई सुदृढ पार्न सहयोग गर्न सकिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले उत्तर कोरियाको आणविक हतियार कार्यक्रम प्रर्वी एसिया क्षेत्रका लागि ‘चुनौती’ भएको जिकिर गरे ।

यस्तै, वार्ता र शान्तिपूर्ण समाधानको ढोका खुला रहेको भन्दै उनले उत्तर कोरियामा जीवन सुधारका लागि मद्दत गर्न तयार रहेको प्रतिबद्धता जनाए । सपथ ग्रहण गरेसंगै विगतमा छङ्ह्वादे व्लुहाउसबाट देशको शासन गर्ने परम्परालाई तोडदै उनले रास्ट्रपति भवन योङ्सानमा सारेका छन ।

प्रकाशित मिति : २०७९ बैशाख २९ गते बिहिवार