शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो प्रावि तहको नतिजा [नतिजा सहित ]



काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि लिएको सामान्य विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत चैत्र १९ गते लिएको सामान्य विषयको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले प्राथमिक तहको १३ हजार २९७ रिक्त दरबन्दीमा खुला तर्फको नतिजा सार्वजनिक गरेको हो । सो परीक्षामा १ लाख १३ हजार ४ सय ४५ जनाले आवेदन दिएका थिए ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ का सबै जिल्लाबाट लिखित परीक्षामा २१ हजार ४६६ परीक्षार्थी सामेल भएका थिए । उक्त परीक्षार्थी मध्ये सामान्य विषयमा ४ हजार २४७ जना मात्र उत्तीर्ण भएका छन् । त्यस्तै मधेश प्रदेशमा १० हजार १०९ जना लिखित परीक्षामा सहभागी भएका थिए भने ९५२ जना मात्र उत्तीर्ण भएका छन् ।

त्यसैगरी बागमती प्रदेशमा लिखित परक्षिामा १७ हजार २२३ जना सहभागी मध्ये ३ हजार ७८९ जना मात्र उत्तीर्ण भएका छन् । त्यसैगरी गण्डकी प्रदेशबाट सामान्य परीक्षामा १५ हजार ७९७ जना सहभागी भएका थिए । सो परीक्षामा ३ हजार ६०६ जना मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशबाट लिखित परीक्षामा १६ हजार ९९६ जना सहभागी भएका थिए उक्त परीक्षामा ३ हजार ४६८ जना मात्र उत्तीर्ण भएका छन् । त्यस्तै कर्णाली प्रदेशबाट लिखित परीक्षामा ८ हजार २२१ जना सहभागी भएका थिए । ती मध्ये १ हजार १९१ जना उत्तीर्ण भएरका छन् त्यसैगरी सुदुर पश्चिम प्रदेशबाट लिखित परीक्षामा १२ हजार ८४६ जना सहभागी भएका मध्ये २ हजार १३२ मात्र उत्तीर्ण भएका छन् ।

नतिजा हेर्नुहोस्ः
प्रदेश नं. १

मधेश प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदुरपश्चिम प्रदेश

प्रकाशित मिति : २०७९ बैशाख २९ गते बिहिवार