बागमतीमा इसीडी शिक्षकको तलब संघीय सरकारले ताेके बमोजिम दिने प्रतिबद्धता ।



ललितपुर । गठबन्धनको तर्फबाट बागमती गाउँपालिकाकाे उपाध्यक्ष पदका उम्मेदवार भक्त बहादुर दर्लामीले पालिका भित्र कार्यरत इसीडी शिक्षक र विद्यालय कर्मचारीकाे तलब संघीय सरकारले ताेके बमोजिम पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार रहेका दर्लामीले प्रारम्भिक बाल विकासमा कार्यरत शिक्षकले न्यूनतम तलब नपाउनु दुखद रहेको बताउँदै आफू निर्वाचित भए न्यूनतम तलबको ग्यारेन्टी गर्ने बताए ।

यस्तै समग्र शिक्षा प्रणालीको विकास र आधुनिक प्रविधि सहितको शिक्षामा आफ्नो जाेड रहने दर्लामीकाे भनाइ छ । राजधानी नजिकै रहेर पनि पछाडि परेको बागमतीमा शिक्षा, स्वास्थ र प्रविधिको क्षेत्रमा उल्लेख्य काम गर्न सकिने दर्लामीकाे तर्क छ ।

प्रकाशित मिति : २०७९ बैशाख २६ गते सोमवार