काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७ दिनभित्र शिक्षकहरूको कार्य सम्पादन मूल्याङ्कन फारम शिक्षा विकास निर्देशनालयमा पठाउन निर्देशन दिएको छ ।
केही शिक्षा विकास तथा समन्वय इकाईहरुबाट कार्य सम्पादन मूल्याङ्कन फारम प्रदेश स्थित शिक्षा विकास निर्देशनालयमा नपठाएको हुँदा ७ दिनभित्र पठाउन निर्देशन दिएको हो ।
शिक्षक सेवा आयोगबाट शिक्षक छनोट तथा बढुवाको कार्य हुँदै गरेको जानकारी गराउँदै हालसम्म केही शिक्षा विकास तथा समन्वय इकाईहरुबाट ७५प्रतिशत कार्य सम्पादन बढुवाको लागी कार्य सम्पादन मूल्याङ्कन फारम प्रदेश स्थित शिक्षा विकास निर्देशनालयमा पठाउनु पर्नेमा प्राप्त नभएकोले एको हुँदा केन्द्रले ७ दिनभित्र पठाउन सूचनामा उल्लेख गरएिको छ ।
हेर्नुहोस सूचना

प्रकाशित मिति : २०७९ बैशाख १६ गते शुक्रवार





